स्थानीय निकायको मतगणना सुरुः कांग्रेस र एमालेबीच प्रतिस्पर्धा



काठमाडौं । स्थानीय निकायको मतदानपछि मतगणना सुरु भएको छ ।

अहिलेसम्म मनाङको दुई स्थानीय तहको परिणाम आएको छ । मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर घलेले निर्वाचित भएका छन् । मनाङको अर्को गाउँपालिका नार्पाभूमि गाउँपालिकामा कांग्रेसका कोन्जो तेन्जिङ निर्वाचित भएका छन् ।

देशभर विभिन्न स्थानमा भएको प्रारम्भिक मतगणनामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।


क्लिकमान्डु