एक्जिट पोलः ललितपुरमा कांग्रेसका चिरीबाबुले जित्ने
काठमाडौं । काठमाडौं उपत्यकाको अर्को महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले जित्ने सर्वेले देखाएको छ ।
फ्याक्ट नेपालले गरेको एक्जिट पोलले ललितपुरमा सरकारमा रहेका गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका चिरीबाबु महर्जनले जित्ने देखिएको हो ।
ललितपुर महानगरमा एमालेको तर्फबाट हरिकृष्ण ब्यन्जनकार उम्म्मेद्वार छन् । ५ अगाडि चिरिबाबुले हरिकृष्णलाई नै पराजित गरेर मेयर भएका थिए । ललितपुरमा १ लाख २२ हजार ८९० जना मतदाता रहेका छन् ।
यस्तै एक्जिट पोलले उपमेयरमा माओवादीका उम्मेद्वारले जित्ने देखिएको छ । ललितपुरमा कांग्रेसको नेतृत्वमा सरकारमा रहेका दलको गठबन्धन र एमालेबीच प्रतिस्पर्धा छ ।