ललितपुर महानगरमा चिरिबाबुले जित्ने



काठमाडौं । ललितपुर महानगरमा चिरिबाबु महर्जनले जित्ने सम्भावना धेरै भएको एक्जिट पोल सार्वजनिक भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले जितेमा उनको यो दोस्रो कार्यकाल हुनेछ ।

फ्याक्टस नेपालले गरेको एक्जिट पोलमा मेयरमा गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना ६१.१ प्रतिशत छ । साथै नेकपा एमालेका उम्मेदवारको सम्भावना २५.४ प्रतिशत मात्रै छ ।

त्यसैगरी उपमेयरमा पनि गठबन्धनकै उम्मेदवारले जित्ने सम्भावना ६२.८ प्रतिशत रहेको एक्जिट पोलले देखाएको छ ।
एक्जिट पोलले वीरगञ्जमा जपसाका उम्मेदवार, बिराटनगरमा कांग्रेसका उम्मेदवार, सर्लाहीको मंलगवामा कांग्रेसका उम्मेदावरले जित्ने प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु