बिराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले जित्ने प्रक्षेपण



काठमाडौं । प्रदेश नम्बर १ को एउटा मात्र महानगरपालिका बिराटनगरमा कांग्रेसले मेयरमा जित्ने देखिएको छ ।

फ्याक्ट नेपालले गरेको एक्जिट पोलमा कांग्रेसबाट मेयरमा उम्मेदवार बनेका नागेश कोइरालाले जित्ने देखिएको हो ।

बिराटनगरमा कांग्रेसका कोइराला र नेकपा एमालेका सागर थापाबीच प्रतिस्पर्धा छ । उपमेयरमा भने फ्याक्टले नेकपा एमालेकी शिल्पा कार्कीले जित्ने अनुमान गरेको छ ।

बिराटनगरमा सरकारमा सहभागी दलहरुको गठबन्धनबाट कांग्रेसले मेयरमा जनता समाजवादी पार्टीले उपमेयरमा उम्मेदवारी दिएको थियो । जनता समाजवादीले उपमेयर पदमा उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएका थिए ।

बिराटनगरमा ५ वर्ष अगाडि मेयर र उपमेयर सहित बहुमत वडा कांग्रेसले जितेको थियो । बिराटनगरमा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् ।


क्लिकमान्डु