काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै, ८ बजेबाट गणना हुने



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ ।

मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो ।

जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।


क्लिकमान्डु