ज्योति लाइफले कमायो २० करोड नाफा, खुद बीमाशुल्क १२ प्रतिशतले बढ्यो



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा २० करोड ६५ लाख ९ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्सले गत आवको यसै अवधिको तुलनामा खुद नाफा ७०.९९ प्रतिशतले बढाएको हो ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले १२ करोड ७ लाख ७१ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क १२.७९ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रूपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले २ अर्ब २१ करोड ९ लाख ७७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३३ करोड ३ लाख ७१ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट २ करोड ६७ लाख ६४ हजार रूपैयाँ आम्दानी गरेको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा, तथा अन्य आयबाट १९ करोड ६३ लाख ५६ हजार रूपैयाँ र बीमालेख धितोमा कर्जाबाट २ करोड ८५ लाख ९८ हजार रूपैयाँ आम्दानी गरेको थियो ।

२१ अर्ब ४२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको वार्षिक प्रति सेयर आम्दानी ११.३८ रूपैयाँ छ ।

५६ करोड ६८ लाख ४७ हजार रूपैयाँ जगेडा कोष भएको कम्पनीको प्रति सेयर नेटवर्थ १२७.०९ रूपैयाँ छ ।

यस्तै, इन्स्योरेन्सको जीवन बीमा कोषमा ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रूपैयाँ सञ्चित छ । महाविपत्ति जगेडा कोषमा ८ करोड ८७ लाख १४ हजार रूपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले अभिकर्ता कमिशन खर्च शिर्षकमा ३५ करोड ८३ लाख ७२ हजार रूपैयाँ खर्चेको छ ।

९ हजार ३३ वटा बीमा दाबीवापत कम्पनीले २६ करोड ४६ लाख ५० हजार रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

९९ वटा बीमा दाबीवापत ४ करोड ८५ लाख ९१ हजार रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु