विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखिएको फोन आएपछि सेवा ठप्प पारियो



काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनल बिल्डिङमा बम राखिएको भन्दै फोन आएपछि यतिबेला सबै सेवा स्थगित गरिएको छ ।

विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार करिब साढे १० बजेतिर विमानस्थलमा फोन गरेर एक जनाले ५/७ वटा बम राखेको भन्दै धम्की दिए ।

‘धम्की आएपछि नेपाली सेना र प्रहरीको संयुक्त टोली खटाएर सर्च भइरहेको छ,’ उनले भने, ‘अहिले अन्य सबै सेवाहरु स्थगित गरिएको छ ।’


क्लिकमान्डु