गभर्नर अधिकारीको रिटमाथि सुनुवाई १५ घण्टामा सकियो, आजै आदेश आउने



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि सर्बोच्च अदालतमा तीनदेखि जारी बहश सक्किएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा भएको सुनुवाईमा मंगलबार रिट निवेदकका तर्फबाट १२ जना अधिवक्ताले बहश गरेपनि मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा राखिएको थियो ।

विहिबार सरकारका तर्फबाट महान्यायाधीवक्ता सहित ५ जना सरकारी वकिल र ७ जना बरिष्ठ अधिवक्ताले बहस गरेका थिए ।

शुक्रबार सरकारका तर्फबाट ६ जना बरिष्ठ अधिवक्ताको बहशपछि रिट निवेदकका तर्फबाट प्रतिउत्तर बहश गरिएको थियो । तीन दिन भएको सुनुवाईमा दुवै पक्षका अधिवक्ताले १५ घण्टा बहश गरेका थिए ।

रिट निवेदक गभर्नर अधिकारीले प्रष्ट आधार र कारण नदेखाइृ सरकारले आफुलाई कार्यक्षमता अभाव भएको आरोप लगाएकाले जाँचबुझ समिति गठन गर्ने निर्णय रोक्न अन्तिरम आदेश जारी हुनु पर्ने माग गरेका थिए ।

तर, सरकारका तर्फबाट बहश गर्ने अधिवक्ताहरुले गभर्नर अधिकारीमाथि ऐन बमोजिम जाँचबुझ समिति गठन गरिएको भन्दै अन्तरिम आदेश जारी हुनु नपर्ने माग गरेका थिए ।

चैत ६ गते सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलास गभर्नर निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

२५ गते गभर्नर अधिकारीमा कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम जाँचबुझ गर्ने निर्णय गरेको थियो ।

ऐन अनुसार सर्वाेच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन भएपछि अधिकारी ऐनको व्यवस्था अनुसार निलम्बित भएको थिए ।


क्लिकमान्डु