४८ खर्ब ५१ अर्बको अर्थतन्त्रको आकार, औसत आम्दानी १ लाख ६७ हजार



काठमाडौं । नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा ५.८ प्रतिशतले आर्थिक बृद्धिदर हुने अनुमान छ ।

बजार मूल्यमा आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ पुग्ने विभागले जनाएको छ ।
चालु आर्थिक वर्षमा ५।८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण छ ।

विभागका अनुसार चालू आर्थिक वर्षमा कृषि क्षेत्रको बृद्धिदर २।३ प्रतिशत, उद्योगको वृद्धिदर १०।३प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५।९ प्रतिशत हुने विभागको अनुमान छ ।

एकवर्षमा नेपालीको औसत आम्दानी १६ हजार रुपैयाँ अर्थात् १३३ अमेरिकी डलरले बढेको छ ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै एकजना नेपालीको औसत आम्दानी १ लाख ६७ हजार अमेरिकी डलरमा १३७२ अमेरिकी डलर पुगेको छ ।


क्लिकमान्डु