भोलिदेखि हवाई उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय



काठमाडौं । वायुसेवा सञ्चालक संघले भोलिदेखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म हवाई उडान गर्ने गरी वैशाख १४ गते नयाँ स्लट जारी गरेपछि विमान कम्पनीहरु यसको विरोधमा उत्रिएका हुन् ।

संघका प्रवक्ता योगराज कँडेलले नयाँ स्लट अनुसार तत्काल हवाई उडान गर्न नसक्ने भएकाले स्लट संशोधन नभएसम्म उडान स्थगित गर्ने निर्णय गरिएको छ ।

‘वैशाख ३ गते नयाँ स्लट आएको थियो, जसअनुसार सम्पूर्ण हवाई उडानहरु भइरहेका थिए,’ उनले भने, ‘तर क्यानले वैशाख १५ गतेदेखि लागू हुने गरी वैशाख १४ गते नयाँ स्लट जारी गरी राति १२ बजेसम्म उडान गर्ने तालिका अनुसार हवाई उडान गर्न सकिने अवस्था छैन ।’

उनले क्यानले स्लट संशोधन नगर्दासम्म भोलिदेखि सम्पूर्ण हवाई उडान बन्द गरिएको छ ।

राति १२ बजेसम्म उडान गर्नका लागि पूर्वाधारको अभाव हुनुका साथै आजको भोलि नै कार्यान्वयन गर्न विमान कम्पनीहरु असमर्थ भएको संघको भनाइ छ ।


क्लिकमान्डु