मस्कले भने- अब म कोकाकोला कम्पनी किन्छु र कोकिन मिलाउँछु



एजेन्सी । सामाजिक सञ्जाल ट्विटर खरिद गरेका टेस्लाका सीइओ एलन मस्कले कोकाकोला खरिद गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमै कोकाकोला खरिद गर्ने भन्दै ट्विट लेखेका छन् ।

साथै उनले कोकाकोला खरिद गरेपछि त्यसमा कोकिन हाल्ने समेत बताएका छन् ।

‘म अब कोकाकोला खरिद गर्नेछु र त्यसमा कोकिन मिलाउने छु,’ उनले लेखेका छन् ।

मस्कले अर्को एउटा अघिल्लो ट्विटको स्क्रिनसट गर्दै भनका छन्, म अब म्याकडोनाल्ड खरिद गर्नेछु र सबै आइसक्रिम मेसिन ठीक गर्नेछु,’ उनले लेखेका छन्, ‘सुन म चमत्कार गर्न सक्दैन ।’

मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरलाई ४४ बिलियन डलरमा खरिद गर्ने डिल समेत गरेका छन् ।


क्लिकमान्डु