१८ दिनपछि सुनको मूल्य प्रतितोला १ लाखमुनि झर्‍यो



काठमाडौं । मंगलबार १८ दिनपछि सुनको मूल्य १ लाखमुनि झरेको छ । गत चैत २६ गतेबाट निरन्तर १ लाखभन्दा बढी मूल्य कायम भएको सुनको मूल्य १८ दिनपछि सुनको मूल्य १ लाखमुनि झरेको हो ।

गत चैत २५ गते छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सो दिन ९९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य चैत २७ गते १ लाख ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चैत २८ गते १ लाख १ सय, २९ गते १ लाख ९ सय, ३० गते र वैशाख १ गते १ लाख १५ सय, २ र ४ गते १ लाख २ हजार, ५ गते १ लाख २५ सय, ६ गते १ लाख २१ सय, ७ गते १ लाख ६ सय, ८ र ९ गते १ लाख ९ सय, ११ गते १ लाख ५ सय र १२ गते १ लाख २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज वैशाख १३ गते छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा मंगलबारपनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु