निक्षेप संकलन सुस्त, कर्जा प्रवाह ह्वात्तै बढ्यो



काठमाडौं । चैत तेस्रो सातामा आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप संकलन सुस्त भएपछि कर्जा प्रवाह निकै बढेको छ ।

चैतको पहिलो साता निक्षेप र कर्जा दुवै घटेको थियो । दोस्रो साता निक्षेप २ अबले बढ्दा कर्जा प्रवाह १ अर्ब मात्रै रहेको थियो । तेस्रो साता आइपुग्दा बैंकमा निक्षेप संकलन १ अर्ब हुँदा कर्जा प्रवाह बढेर ६ अर्ब पुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार चैत १८ गतेसम्म बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३१ अर्ब रुपैयाँ छ । यस्तै कर्जा प्रवाह ६ अर्ब रुपैयाँले बडेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु