निगमको घाटा २८ अर्ब, फेरि इन्धनको मूल्य बढ्ने



काठमाडौं । नेपाल आयल निगम २८ अर्ब नोक्सानीमा रहेको छ । निगमका अुनसार चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्म २८ अर्ब रुपैयाँ नोक्सानी रहेको छ ।

निगमका अनुसार अब प्रति महिना करीब ६ अर्ब भन्दा बढी नोक्सानी हुने स्थिती रहेको छ । यसअघि निगमले फागुन ७ गते मुल्य समायोजन गरेपछि रुुस र युक्रेनबीचको तनाब समेतका कारण अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने भएको छ ।

उक्त तनाबका कारण मूल्य वृद्धि भई उच्चतम बिन्दुमा रही कच्चा तेलको मूल्य झण्डै ९५ देखि १०५ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट यसअघि फागुन ४ मा प्राप्त मूल्य भन्दा आजसम्म आइपुग्दा प्रति लिटर ३ रुपैयाँ ८९ पैसाले बढेको, डिजेल ३ रुपैयाँ ०८, मटितेल १० रुपैयाँ ३० पैसा, हवाई इन्धन ३ रुपैयाँ ३२ पैसा र एलपी ग्यास प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको हुँदा आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड रुपैयाँले घाटामा रहेको निगमको भनाइ छ ।


क्लिकमान्डु