सिमेन्ट उद्योगमा ३ खर्ब लगानी, उत्पादित सिमेन्ट खपत नहुँदा उद्योग संकटमा



काठमाडौं । विकास निर्माणमा अति आवश्यक सिमेन्टमा उद्योगमा ३ खर्ब लगानी रहेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।

संघका अनुसार नेपालमा देशभर ६५ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये ४४ वटा ग्रिडिङ उद्योग छन् भने २१ वटा क्लिङ्कर उद्योग छन् ।

उक्त उद्योगहरूले वार्षिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको छ । तर, उक्त क्षमताअनुसार खपत नहुँदा १ करोड टन मात्रै उत्पादन गरिरहेको सिमेन्ट उद्योगीहरूले बताएका छन् ।

व्यवसायीका अनुसार नेपालमा वार्षिक व्यक्ति सिमेन्टको खपत ३ सय केजी रहेको जनाएको छ ।

संघका अध्यक्ष ध्रव थापाले उद्योगीहरूले उत्पादन गरेको सिमेन्ट खपत हुन नसक्दा समस्या आइरहेको बताए । उनकाअनुसार ६५ वटा उद्योगहरूबाट पूर्ण क्षमतामा चल्न नसक्दा लगानी खेर जान सक्ने जनाए ।

‘उद्योगीहरूले नेपामै गुणस्तरको सिमेन्ट उपलब्ध गराउन अर्बौ रकम लगानी गरेको छ । तर, पूर्णरुपमा सञ्चालन गर्न नपाउँदा उद्योग संकटतर्फ धकेलिनेछ,’ उनले भने ।

साथै, उद्योग पूर्णरुपमा सञ्चालन गरेर निर्यातको वातारण सिर्जना गर्नुपर्ने उनले जिकिर गरे । सरकारले सिमेन्ट निर्यातमा सहजीकरण गरे वार्षिक २ खर्बको निर्यात गर्न सक्ने उनको दाबी छ ।

नेपालमा ओपीसी सिमेन्ट ३ लाख ३४ हजार ३५३ ग्रेडको उपलब्ध रहेको जनाएको छ । साथै, पीपीसी र पीएससी सिमेन्ट पनि उत्पादन गरिरहेको जनाएको छ ।

त्यसैगरी, सिमेन्ट उद्योगले ७० हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको संघको भनाइ छ ।


क्लिकमान्डु