एमसीसीको विषयमा स्वेतपत्र जारी गर्न सांसद त्रिपाठीको माग



काठमाडौं । सांसद हृदयश त्रिपाठीले एमसीसीमा सत्ता गठबन्धन दल भित्र नै समस्या रहेको भन्दै तत्काल यसको विषयमा स्वेतपत्र जारी गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद त्रिपाठीले कसको पालाको के भएको थाहा पाउन स्वेतपत्र जारी गर्न माग गरेका हुन् ।
यो अनुदान सहयोग भएको र यस्ता खालका परियोजना कयौं आएको दाबी गरे । उनले एमसीसीमा विभिन्न समयमा तमसुक गरेको र अब पनि कति पटक तमसुक गर्ने ? भन्दै प्रश्न गरे ।

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, विश्वसनियता धरापमा परेको दाबी गरे । एमसीसी आएको खण्डमा बुटवलेदेखि दाङसम्म बाटोको स्तरिकरण हुने भन्दै कृष्ण बहादुर महराले सभामुख हुँदा खुसी व्यक्त गरेको र अहिले कहाँबाट एकाएक आत्मज्ञान पलाएको ? भन्दै प्रश्न गरे ।

बैठकमा उनले ब्याख्यात्मक टिप्पणीको नाममा अपब्याख्या भएको कुरामा ब्याख्यात्मक टिप्पणीको चर्चा सुरु भएको दाबी गरे । आफैले अपब्याख्या गर्ने अनी ब्याख्यात्मक टिप्पणीको लागि सहमत भएको उनको तर्क छ ।

‘म प्रधानमन्त्रीलाई भन्नु चाहन्छ, यस्ता साथीहरुबाट बच्नुहोस, आगामी दिन कसरी पार गर्नुहोला ? यस्तो संगतले अघि बढन् सकिन्न जस्तो छ’ उनले प्रश्न गरे ‘सरकारमा बस्ने, सडकका कार्यकर्ता उफार्ने, ब्याख्यात्मक टिप्पणी भन्ने ?’ सांसद त्रिपाठीले अनुदान यो मात्रै होइन अन्य पनि लिन आवश्यक रहेको बताए । नेपाल सक्षम नभएसम्म सहयोग लिन आग्रह गरे ।


क्लिकमान्डु