सडकमा मान्छे उचालेर एमसीसी चुनाव अघि पास भए राष्ट्रघाती हुन्छ नभन्नु : नेता रिजाल



काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सडकमा मान्छे उचालेर एमसीसी चुनाव अघि पास भए राष्ट्रघाती, चुनावपछि पास भए मान्यहुने भन्दै नहिँडन आग्रह गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा एमसीसीको बैठकमा भएको छलफलमा उक्त कुरा बताएका हुन् । सांसद रिजालले ४ वर्षयता विकास खर्च हुन नसकेको अवस्थामा विकास निर्माणको लागि आउने सहयोग रोक्न नमिल्ने बताए । उक्त पैसा आफैले मागेको र त्यो पैसा लिन अब बखेडा झिक्न नहुने दाबी गरे ।

यस विषयमा सबै गलत प्रचार भएको दाबी गरे । एमसीसीको विषयमा प्रधानमन्त्री शेर बहादुर देउवाले निकै चलकता देखाएको र काँग्रेसलेपनि धेरै लचकता देखाएको तर्क गरे ।


क्लिकमान्डु