हामी एमसीसीको पक्षमा छौं : सांसद महन्थ ठाकुर



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरले आफु एमसीसीको पक्षमा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले आफु उक्त सम्झौताको पक्षमा रहेको बताए । बैठकमा सांसद ठाकुरले अमेरिकाले ७ दशकदेखि सहयोग गर्दै आएको स्मरण गराए । कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्ने गरेको उल्लेख गरे ।

नेपालमा गरिबी कम गर्ने, सर्वसाधारणको जीवनस्थर सुधार गर्ने भनेर आएको सहयोग अनुदान दिन सकिने बताए । उनले आफ्नो पार्टी पक्षमा रहेको र यसको समर्थन रहेको दाबी गरे ।


क्लिकमान्डु