राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त



ललितपुर । राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् ।

बैंकको पदपूर्ति उप-समितिको सिफारिस अनुसार उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले आजैदेखि कार्यभार समाल्ने गरी नियुक्त गरेका छन् ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर–१, दुवाकोट निवासी खड्का २९ वर्ष देखी बैकिङ्क क्षेत्रमा रहेका छन् । उनले नविल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरेका छन् ।

तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंकमा उनी नायव महाप्रवन्धकको रुपमा कार्यरत थिए । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्काको २९ वर्षे बैकिङ्क करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले यस अघिको बैकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी काम गर्न आग्रह गरे ।

कार्यक्रममा नवनियूक्त नायव महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैकिङ्क क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने बताए ।

उनले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए । खड्काले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे ।


क्लिकमान्डु