रसियाले युक्रेनमा गरेको आक्रमणको नेपालद्वारा विरोध



काठमाडौं । परराष्ट्र मन्त्रालयले रसियाले युक्रेनमाथि गरेको आक्रमण संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सिद्दान्त विपरित रहेको ठहर गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा ‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्ने’ उल्लेख छ ।

यस्तै नेपाल सरकारले जारी गरेको विज्ञप्तीमा युक्रेनको दाेनेस्तक र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत भएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका पवित्र सिद्धान्तलाई सबै सदस्य राष्ट्रहरूले पूर्णरूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ ।’ नेपाल सरकारले युक्रेनको घटना क्रमलाई नजिकबाट नियालिरहेको बताउँदै तनाव नबढाउन सबै पक्षलाई आग्रह समेत गरेको छ ।


क्लिकमान्डु