भन्सार एजेन्टले कसरी सहजीकरण गर्छन् ? एजेन्टको काम के हो ?



काठमाडौं । सरकारले २० वर्षपछि भन्सार एजेन्टका लागि लाइसेन्स वितरण गर्ने भएको छ । लामो समयको अन्तरालमा जारी हुन लागेको भन्सार एजेन्टको लाइसेन्स यसपटक ६६० जनाले पाउनेछन् ।

भन्सार विभागले आगामी फागुन २८ गते परीक्षा सञ्चालन गरेर योग्यता पुगेका ६६० जना भन्सार एजेन्टको लाइसेन्स बाँड्नेछ । उक्त नयाँ भन्सार एजेन्टले लाइसेन्स पाएसँगै व्यापारमा थप सहजीकरण हुने सरोकारवालाहरूको भनाइ छ ।

भन्सार एजेन्टको मुख्य काम व्यापार सहजीकरण गर्ने हो । तर, व्यापार सहजीकरण कसरी गर्छ त ? यसको मुख्य काम के–के हो ? यसबारे धेरैलाई व्यापार सहजीकरण गर्ने भनिएपनि भन्सार एजेन्टको काम के–के हो भनेर सबैलाई थाहा नहुन सक्छ । त्यसैले, यस समाचारमा भन्सार एजेन्टका मुख्य कामहरूको बारेमा बिस्तृत जानकारी दिन प्रयास गरिएको छ ।

कुनै पनि क्षेत्रमा एजेन्ट भन्ने बित्तिकै ब्रोकर अर्थात् कुनै क्षेत्रमा दलाल, व्यवसायी पनि भन्ने गरिन्छ । भन्सार एजेन्टले पनि भन्सार र व्यवसायीबीच रहेर पुलको काम गर्ने गर्दछ । जसमा एजेन्टले भन्सारहरूको नाकाबाट आयात तथा निर्यात गर्ने वस्तुहरूको जाँचपास गरी भन्सार पास गर्ने काम गर्दछ ।

मानौं, कुनै पनि व्यवसायीले तेस्रो मुलुकबाट कुनै पनि वस्तु आयात गरेको छ । उक्त व्यवसायी आफै भन्सार जान नसक्ने अवस्थामा कुनै भन्सार एजेन्टको सहायता लिनुपर्ने हुन्छ । व्यवसायीहरुले आफ्नो मालवस्तु जाँचपासका लागि एउटा भन्सार एजेन्ट नियुक्त गर्न सक्छन् ।

उक्त नियुक्त गरेको एजेन्टले व्यवसायीको मालवस्तु छुटाउनका लागि सम्पूर्ण वस्तुको जाँचपास सरकारले तोकेको मापदण्ड बमोजिम वस्तु भन्सारबाट छुटाउने काम गर्दछ ।

भन्सार एजेन्टले व्यवसायीको मालवाहक गाडीमा सरल र सबल ढङ्गबाट वस्तु आयात भएको छ वा छैनन् । कति आयात भएको छ भनेर सम्पूर्ण जाँचपास गर्ने गर्दछ । साथै, आयातित वस्तुको लिस्ट तयार गरी भन्सार कार्यालयमा समावेश गरी तिर्नुपर्ने राजस्वसहित चुक्ता गरेर वस्तु छुटाउने कार्य गर्दछ ।

भन्सार एजेन्टले व्यवसायीको रोबहरमा सम्पूर्ण वस्तुको जिम्मा लिएर गन्तब्य मुलुकमा सबल ढङ्गबाट पु¥याउने काम गर्दछ । मानौं, कुनै व्यवसायीले भारतबाट फ्रिज आयात गरेको छ । व्यवसायीले आफू जान नसक्ने खण्डमा भन्सार एजेन्टको सहायता लिई आफ्नो सामग्री रिसिभ गर्न एजेन्टलाई जिम्मा दिएको हुन्छ ।

जसमा व्यवसायीले भन्सार एजेन्टलाई सम्पूर्ण सामग्रीको लिस्ट दिएको हुन्छ । सोहीअनुसार भारतबाट आयात भएको सामग्रीको पनि लिस्ट हुन्छ । एजेन्टले कागजपत्रको सहयोगमा भौतिक रुपमा सामग्रीको चेकजाँच गरेर निक्र्यौल गरेपछि मात्रै भन्सार कार्यालयमा फारम भर्ने गर्दछ ।

फारम भरिसकेर सम्पूर्ण कागजात तयार गरेपछि भन्सार कार्यालयका अधिकृतले हो वा होइन भन्ने चेकजाँच गरेर हस्ताक्षर गर्दछ । उक्त हस्ताक्षर गरेपश्चात आयातित वस्तुको भन्सार महशुल तिर्नुपर्ने हुन्छ । सो महशुल तिरेर मात्रै वस्तु भन्सारबाट गन्तव्य स्थानका लागि छुट्ने गर्दछ ।

भन्सार ऐनमा व्यवसायी आफैले आफ्नो सामग्री छुटाउन सक्ने व्यवस्था गरेको छ । तर, व्यवसायीहरू आफू उपस्थित भएर छुटाउन नसक्ने अवस्थामा व्यवसायीले एजेन्टलाई जिम्मा दिने गर्दछ । व्यवसायीले उक्त एजेन्टलाई मासिक रुपमा तलब बुझाउने गर्दछ ।

कुनै मालवस्तुको धनीले सो मालवस्तु भन्सार कार्यालयबाट छुटाउनको लागि कुनै व्यक्तिलाई आफ्नो भन्सार एजेन्ट नियुक्त गरेमा भन्सार एजेन्ट सो प्रयोजनका लागि सो मालवस्तुको धनी सरह मानिन्छ ।

भन्सार एजेन्टले भन्सार सम्बन्धी कानूनको पूर्णपरिपालना गर्ने, भन्सार जाँचपास प्रक्रियालाई सरलीकरण गर्न भन्सार कार्यालयलाई आवश्यक सहयोग गर्ने गर्दछ ।

त्यसैगरी, महसुल असुल गर्ने कार्यमा भन्सार कार्यालयलाई आवश्यक सहयोग गर्ने र भन्सार अधिकृतले लिखित सूचना दिएमा त्यस्तो सूचना सम्बन्धित निकासीकर्ता वा पैठरीकर्तालाई बुझाउने काम गर्नुपर्दछ ।

साथै, भन्सार एजेन्टले भन्सार एजेन्टको ऐन विपरीत कुनै काम गरी मालवस्तुको धनीलाई हानी नोक्सानी पुर्याएमा निजले सो नोक्सानी बराबरको रकम मालवस्तुको धनीलाई तोकिएबमोजिम तिर्नुपर्दछ ।


अरिष्मा मोक्तान