दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल अंकमा ब्याजदर चाहिन्छ : चेम्बर



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न एकल अंकमा ब्याजदर कायम गरेर लगानी योग्य वातावरण बनाउनुपर्ने सुझाव दिएको छ ।

ब्याजदर अस्वभाविक र अनियन्त्रित ढंगले बढ्दा नयाँ लगानी तथा ऋण लिएर उद्योग व्यवसाय गरेकालाई निकै समस्या भएको चेम्बरको ठहर छ । पछिल्लो समय तरलताको समस्या देखाएर ब्याजदर वृद्धि भइरहेका बेला चेम्बर अफ कमर्सले राष्ट्र बैकलाई ब्याजदर घटाउन ध्यानाकर्षण गराएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा अघि राष्ट्र बैंकलाई सात बुँदे सुझाव दिने क्रममा चेम्बरले एकल व्याजदर कायम गर्र्नुपर्ने सुझाव दिएको हो । आगामी दिनमा दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदरको व्यवस्था गर्न ढिलाई गर्न नहुने चेम्बरको माग छ । गर्भनर महाप्रसाद अधिकारीलाई भर्चुअल रुपमा सुझाव दिने क्रममा यसअघी अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वृद्धि र स्थायित्वका लागि पनि एकल व्याजदर कायम गरिनुपर्ने बताए ।

बैंकहरुले आधार दरमै गरेको वृद्धि घटाउने पहल गर्न पनि चेम्बरले राष्ट्र बंैकसँग आग्रह गरेको छ । कोरोनाको महामारीले प्रभावित अर्थतन्त्रको पुर्नउत्थानका लागि बैंकहरुले आधारदरमा गरेको ३ देखि ४ प्रतिशतको वृद्धिले व्यवसायीहरुलाई समस्यामा पारेको चेम्बरको ठहर छ ।

रेमिट्यान्स घट्दो आप्रवाहसंगै उपभोग र अनौपचारिक अर्थतन्त्रमा बढी खर्च भइरहेको सन्र्दभमा उक्त रकमलाई बैकिङ च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न पूर्वाधार विकास र जलविद्युत विकास एवं कुल ग्राहस्त उत्पादन जीडीपीमा टेवा पुग्ने क्षेत्रमा कम्तिमा ५ देखि १० प्रतिशत लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको चेम्बरको सुझाव रहेको छ ।

रेमिट्यान्समा १ प्रतिशत व्याज थप गर्ने राष्ट्र बैंकको नीतिको चेम्बरले स्वागत गरेको छ । यसले रेमिट्यानको आप्रवाह थप बढ्ने चेम्बरले उल्लेख गरेको छ । मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि आयातलाई व्यवस्थित गरी निर्यात प्रर्वद्धन गर्नै निती ल्याउन पनि चेम्बरले जोड दिएको छ ।


क्लिकमान्डु