आक्रमक बजार बिस्तारको लक्ष्य लिएको सिजी नेटले ५ महिनामा बनायो ६ हजार ग्राहक



काठमाडौं । मुलुकमै पहिलो पटक सस्तो दरमा उच्च गुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गर्दै शुरु भएको सिजी नेटले पाँच महिनाको अवधिमा झन्डै ६ हजार ग्राहक बनाएको छ ।

सिजी नेटले जेठ १८ गते इन्टरनेट व्यवसाय शुरुवात गरेको घोषणा गरेको थियो । बजारमा आक्रमकरुपमा बजार बिस्तार गरिरहेको भनेको सिजी नेटले पाँच महिनामा ५ हजार ७ सय ग्राहक बनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक महिनाको रिपोर्टअनुसार उक्त संख्यामा इन्टरनेट ग्राहक बनाएको हो ।

सिजीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा इन्टरनेट पुर्याएको घोषणा गरेको छ । सिजीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा इन्टरनेट बिस्तार गरेको छ ।

सिजी इन्टरनेट व्यसायमा आएसँगै यस क्षेत्रमा प्रतिस्पर्धा बढ्ने र मूल्यसमेत घट्ने विश्वास गरिएको छ । सिजी नेटले सस्तो दरमा इन्टरनेट उपलब्ध गराउन थालेपछि इन्टरनेट मूल्य घट्नेदेखि प्रतिस्पर्धा बढेको छ ।

सिजीले १२० एमबिपिएस गतिको इन्टरनेट ९९९ रुपैयाँमा उपलब्ध गराउँदै इन्टरनेट विस्तार शुरु गरेको थियो ।

जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान गर्दै इनटरनेट शुरु गरेको सिजीले एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने घोषणा गरेको थियो ।

हाल सिजीको उपत्यकाका तीन जिल्लाका विभिन्न क्षेत्रमा सिजी इन्टरनेट उपलब्ध छ ।

हाल मुलुकमा ५१ वटा इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहेका छन् । यसमध्ये आधा दर्जन इन्टरनेट सेवा प्रदायकले बजारमा व्रचश्व जमाएका छन् ।

हाल इन्टरनेट सेवा प्रदायकका ग्राहक १८ लाख ३७ हजार पुगेका छन् । त्यसमध्ये सबैभन्दा धेरै वर्ल्डलिंकका ५ लाख ५० हजार ग्राहक रहेका छन् ।


क्लिकमान्डु