माइक्रोसफ्टले ६८.७ अर्ब डलरमा क्यान्डी क्रस किन्दै, तेस्रो ठूलो गेमिङ कम्पनी बन्ने



एजेन्सी । माइक्रोसफ्टले क्यान्डी क्रस भिडियो गेम बनाउने कम्पनी एक्टिविजन ब्लिजार्डलाई ६८.७ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।


माइक्रोसफ्टको ४६ वर्षे इतिहासमा यो सबैभन्दा ठूलो टेकओभर हो । माइक्रोसफ्ट एक्सबोक्स जस्ता प्रसिद्ध गेमिङ कन्सोलको पनि मालिक हो ।

एन्टिविजन ब्लिजार्डको गेम लाइनअपमा कल अफ ड्युटी, क्यान्डी क्रस, वारक्राफ्ट, डियाब्लो, ओभरवाच र हार्थस्टोन जस्ता गेम पनि छन् ।

माइक्रोसफ्टका अनुसार यो सम्झौता अनुसार मोबाइल, पीसी, कन्सोल तथा क्लाउडमा हुने गेमिङ बिजनेशमा ग्रोथमा तीव्रता दिने र मेटावर्सका लागि ‘बिल्डिङ ब्लाक्स’ समेत प्रदान गर्नेछ ।

यो सम्झौतासँग माइक्रोसफ्टलाई एक्टिविजनका लागि करिब ४० करोड मासिक गेमिङ प्रयोगकर्ता प्राप्त हुनेछन् । यसैका साथै विश्वभर सबैभन्दा लोकप्रिय गेम्समाथि उसको अधिकार हुनेछ ।

सम्झौतापछि माइक्रोसफ्ट राजश्वका मामिलामा चीनको टेसेन्ट तथा सोनीपछि विश्वको तेस्रो ठूलो गेमिङ कम्पनी बन्नेछ ।

डिल ३० जुन २०२३ सम्म पूरा हुने अपेक्षा गरिएको छ , यस सम्झौतालाई नेक्स्ट जेनेरेसन इन्टरनेट अर्थात् मेटावर्सको दबदबा कायम गर्नेतर्फ माइक्रोसफ्टपको ठूलो कदम भएको मानिएको छ ।

सम्झैताको घोषणापछि एक्टिविजन ब्लिजार्डको सेयरमा उछाल देखिएको छ । मंगलबार कम्पनीको सेयर मूल्य २६ प्रतिशतले बढेर ८२.३१ डलर पुगेको छ । सम्झौता अनुसार माइक्रोसफ्ट ४५ प्रतिशत प्रिमियममा ९५ डलरका हिसाबले एक्टिविजनलाई रकम भुक्तानी गर्नेछ ।


क्लिकमान्डु