नमस्ते पेमा जोडियो कामना सेवा विकास बैंक



काठमाडौं । नमस्ते पे र कामना विकास बैंकबीच डिजिटल भुक्तानी सुविधा आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कामना सेवा विकास बैंक नमस्ते पेमा जोडिने पहिलो बैंक तथा वित्तीय सेवा प्रदायक बनेको छ ।

यसमार्फत ग्राहकले मोबाइल बैंकि बैकिङको माध्यमबाट आफ्नो नमस्ते पे खातामा रकम लोड गरी क्रेडिट बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल भुक्तानी, मोबाइल टपअप र अन्य विभिन्न भुक्तानी गर्ने सुविधा प्राप्त गर्न सकिने नमस्ते पेले जनाएको छ ।

नमस्ते पे स्टार ५०० ह्यास युएसएसडी कोड प्रयोग गरेर स्मार्ट र फिचर दुवै फोनमा प्रयोग गर्न सकिने उसले जनाएको छ।


क्लिकमान्डु