५ वटा कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । यी कम्पनीको बोनस र हकप्रदपछिको सेयर मूल्य समायोजन भएको हो ।

जसमा छ्याङदी हाईड्रोपावरको ५० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९६ रुपैयाँ १५ पैसा रहेको छ । पोखरा फाइनान्सको ८.०८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४० रुपैयाँ ४३ पैसा रहेको छ ।

मल्टी प्रपोज फाइनान्सको १३ प्रतिशत बोनस सेयर समायोजन भएको छ । जसको सेयरमूल्य प्रतिकित्ता ४१६ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ११६३ रूपैयाँ ७२ पैसा रहेको छ ।

यता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २५ प्रतिशत बोनस सेयर समयोजन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३८३ रुपैयाँ २ पैसा रहेको छ ।


क्लिकमान्डु