संसारकै ठूलो विद्युतीय मेला अमेरिकाको लस भेगासमा हुँदै, डिजिटल फेस मास्क मुख्य आकर्षण



एजेन्सी । संसारकै सबैभन्दा ठूलो विद्युतीय सामग्रीको मेला उही जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ । विद्युतीय सामग्रीको उपभोक्ताका लागि असाध्यै महत्वपूर्ण ठानिएको सो मेलामा हरेक वर्ष जस्तै नयाँ नयाँ सामग्रीहरु उपलब्ध हुने जनाइएको छ । सबैभन्दा ठूलो मेला आफैमा महत्वपूर्ण र ऐतिहासिक रहेको छ ।

मेलामा नयाँ नयाँ गजेट्सको सार्वजनिक हुने जानकारी आयोजकले गराएको छ । केही प्रविधिले भने मानिसहरुलाई हैरान बनाउने विश्वास गरिएको छ ।

मेला अमेरिकाको लस भेगासमा आयोजना हुन लागेको छ । सो मेला सन् १९६७ देखि नियमितरुपमा आयोजना हुँदै आएको छ । सो मेला लगातार ५५ वर्षदेखि लगातार आयोजना भइरहेको छ ।

मेलाको पहिलो शोमा २५० कम्पनी समावेश भएका थिए । पहिलो उपभोक्ता मेलाको आयोजना २८ जुन, १९६७ मा गरिएको थियो ।

पहिलो मेलामा १७ हजार ५०० मानिसले प्रत्यक्ष रुपमा सहभागी भएका थिए । पहिलो पटक उक्त विद्युतीय मेलामा एलजी, मोटोरोला र फिलिप्स जस्ता ठूला कम्पनीको विशेष सामग्रीहरु प्रदर्शन गरिएको थियो ।

मेला स्थल पनि आफैमा ठूलो रहेको छ । करिब १ लाख स्क्वायर फिट बराबर रहेको छ । मेलाको मुख्य आकर्षणमा इन्टिग्रेटेड सर्किट टिभी र पकेट रेडियो रहेको थियो ।

उपभोक्ताका लागि विशेष गरी केन्द्रमा राखेर आयोजना गरिने मेलाको सफलता पाउन थालेपछि वर्षको २ पटक आयोजना गर्न थालियो । १९७८ मा एक वर्षमा २ पटक आयोजना गर्ने निर्णय गरिएको थियो ।

जनवरीमा लस भेगासमा विन्टर सिजन र शिकागोमा समर सिजनको मेला आयोजना गर्न थालियो । मेला आयोजकले पनि त्यस्तै नाम दिएका छन् । एक वर्षमा २ पटक मेलाको आयोजना भने सन् १९९४ सम्म लगातार चल्यो ।

लस भेगास र शिाकागोमा नै आयोजना गरिएका दुबै मेला लगातार सफल हुन थालेपनि विद्यतीय सामग्री उत्पादकहरुले पनि एउटा राम्रो अवसर पाए । मेला सफल भएपछि सन् १९९५ मा नै लास भोस कन्भेन्सन सेन्टर नै निर्माण गरियो ।

सन् २०१९ मा आयोजना गरिएको मेला १ लाख ७५ हजार भन्दा बढी मानिसहरुले मेलाको अवलोकन गरेका थिए । सन् २००६ मा आयोजना गरिएको मेलामा १ लाख ५० हजार मानिस सहभागी भएका थिए । यही क्रममा सबैभन्दा ठूलो विद्युतीय मेलाको उपमा समेत पायो ।

त्यसपछि हरेक वर्ष आयोजना गरिने मेलामा १ लाखभन्दाबढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने गरेका छन् । सन् २०१९ मा आयोजना गरिएको मेलामा १६ लाख ७० हजार स्क्वायर फिट बराबरको क्षेत्रमा आयोजना गरिएको थियो । जुन एक क्रिकेट मैदानभन्दा बढी क्षेत्रको हो ।

सन् २०२१ मा भने उक्त मेला कोरोनाका कारण भर्चुअल रुपमा आयोजना गरिएको थियो । पहिलो पटक कोरोनाका कारण लस भेगासस्थित मेला आयोजना स्थलमा सामानहरु आए, तर मानिसहरु आएनन् । उनीहरुले भर्चुअलरुपमै सामान खरिद गरेका थिए ।

सन् १९७० को मेलामा भिसिआर उपलब्ध गराइएको थियो । सन् १९७४ मा लेजर डिस्क प्लेयर मेलामा राखिएको थियो । रहेक वर्ष नयाँ नयाँ सामान राखिदै आएको मेलामा डिजिटल फेस मास्क मुख्य आकर्षण रहेको छ । लस भेगासस्थित उक्त मेला स्थल ३२ लाख स्क्वायर फीटमा फैलिएको छ । यो क्षेत्र २२ वटा क्रिकेट मैदान बारबर छ ।

जसमा २ लाख स्क्वायर फिट क्षेत्रमा मेलास्थल रहेको छ । यस्तै, २ लाख ५० हजार स्क्वायर फिटमा भने भेला हुने स्थल रहेको छ । यस्तै १ लाख स्क्वायर क्षेत्रफल बराबरको गेस्ट रुम, २० देखि २५०० मानिस अटाउने १४४ मिटिङ रुम रहेको छ । सो मेला स्थल लस भेगास कन्भेन्सन एन्ड भिजिटर्स अथोरेटीले सञ्चालन गर्छ । यो संसारकै सबैभन्दा ठूलो मेलास्थल हो ।


क्लिकमान्डु