नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति प्रकृया रोकियो



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोकिएको छ ।

नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रकृया विरुद्ध अदालतमा रिट उपर सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरे पछि उक्त प्रकृया रोकिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पुस ६ गतेसम्मको म्याद राखेर नयाँ प्रबन्ध निर्देशक नियुक्तिको लागि खुला आवेदन माग गरेको थियो । हालका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको कार्यकाल पुस २२ गते सकिन लागेको छ ।

नियमअनुसार पुस २२ अघि नै प्रबन्ध निर्देशक नियुक्ति गर्नुपर्ने छ ।

मन्त्रालयले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका विरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा दुई रिट परेका थिए ।

अदाललत उक्त रिटको सुनुवाई गर्दै बुधबार अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने विषयमा छलफलको लागि पुस १२ गते मन्त्रालयलाई छलफलको लागि बोलाएको छ । छलफलको लागि उक्त पत्र मन्त्रालयमा पुगेपछि प्रबन्ध निर्देशकको नियुक्तिको नयाँ प्रक्रिया रोकिएको हो ।

अदालतले पुुस १२ गतेको लागि मन्त्रालयमा छलफलमा बोलाएसँगै त्यसपछि अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने विषयमा निर्णय दिनेछ ।


क्लिकमान्डु