टेलिकमको सजिलो अनलिमिटेड प्याकमा के के छन् सुविधा ?



काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि भनेर ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ ल्याएको छ ।

दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ ।

त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड–ओन प्याकसमेत खरिद गरी चलाउन सकिन्छ ।

‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको रु. ३८४ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु स्टार १४१५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिन्छ ।

एड-अन प्याक खरिदको सुविधा

प्याकेज अनुसार प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड– अन प्याक खरिद गर्न सकिन्छ । यस अन्तर्गत २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड– अन प्याकको रुपमा खरिद गर्न सकिन्छ ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा ३० रुपैयाँमा १ जिबी, ४० मा २ जिबी र ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड-अन प्याककै रुपमा खरिद गर्न सकिन्छ ।

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड-अन प्याक खरिद गर्न सकिन्छ ।
यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरी निःशुल्क उपलब्ध हुनेछ । सोभन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० मा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड– अन प्याककै रुपमा खरिद गर्न सकिन्छ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा ५९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड-अन प्याक खरिद गर्न सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि रु स्टार १४१५ ह्यास डायल गरी दिइएको निर्देशन अनुसारको प्याक छान्न सकिन्छ ।


क्लिकमान्डु