नेपाल टेलिकम प्रवन्ध निर्देशकको तलब र कार्यकाल बढ्यो, काम भने कम गरे हुने



नेपाल टेलिकमको प्रबन्ध निर्देशकको कार्यकाल र तलब बढाइएको छ ।

सरकारले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्त र सेवा सुविधा सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै कार्यकाल र तलब बढाइएको छ ।

नयाँ निर्देशिका अनुसार प्रबन्ध निर्देशकको पदावधि चार वर्षको बनाइएको छ । अहिलेसम्म प्रबन्ध निर्देशकको कार्यकाल तीन वर्ष थियो ।

त्यस्तै, मासिक तलब पनि वृद्धि भएको छ । अब प्रबन्ध निर्देशकले मासिक दुई लाख ५० हजार रुपैयाँ तलब पाउने छ । यसअघि दुई लाख रुपैयाँ तलब तोकिएको थियो ।

त्यस्तै, घरभाडा मासिक ६० हजार रुपैयाँ तोकिएको छ । काठमाडौं उपत्यकामा घर भएमा १ वर्षमा १ महिनाको मासिक पारिश्रमिक बराबरको घर मर्मत खर्च पाउनेछन् ।

चाडपर्व खर्च भनेर वार्षिक एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध हुनेछ । कम्पनीको सञ्चालक सरह भ्रमण खर्च, अतिथि सत्कारको लागि सञ्चालक समितिले तोकेको अवधिकार सीमाभित्र रही बिल बमोजिमको रकम पाउने छन् ।

\नयाँ व्यवस्था अनुसार काम गरे हुने व्यवस्था राखिएको छ । कार्यसम्पादन मूल्यांकनको अंक ७५ बाट ७० मा झारिएको छ ।


क्लिकमान्डु