भायानेटले ल्यायो १७५ एमबिपिएसको इन्टरनेट सहित १२५० मा भायाटिभी



काठमाडौं । भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ ।

यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट रहेको छ । वार्षिक सदस्यता लिंदा प्रति महिना १२५० रुपैयाँ पर्ने छ । भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट-टप-बक्स र सबै प्याकेजहरुमा १ हजार रिवार्ड अंक प्रदान गर्दैछ ।

नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ । भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको मेश सपोर्ट गर्न सक्षम रहेको छ ।


क्लिकमान्डु