डुकुछापमा डिशहोमको नयाँ सेटलाइट टेलपोर्ट स्थापना



काठमाडौं । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले ललितपुरको डुकुछापमा सेटलाइट टेलपोर्टको स्थापना गरेको छ ।

छ्यासीकोट स्थित टेलपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो सेटलाइट टेलपोर्ट स्थापना गरेको हो ।

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो सेटलाइट टेलपोर्ट स्थापना गरेको हो ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको सेटलाइट टेलपोर्टसम्म पुर्‍याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।


क्लिकमान्डु