टेस्लाको मोडल ३ को संसारभर किन यतिधेरै प्रतिक्षा भइरहेको छ ?



एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले निकट भविस्यमा नै भारतमा अत्याधुनिक विद्युतीय कार उपलब्ध गराउने घोषणा गरेको छ । जानकारहरुका अनुसार विद्युतीय सवारी साधनको उत्पादनमा नाम कमाएको कम्पनीको उक्त घोषणापछि दक्षिण एशियाली बजारमा नयाँ तरंग आएको छ ।

विशेषगरी विद्युतीय सवारी साधन निर्माणमा भारतीय कम्पनीहरुको पनि प्रभुत्व बढ्दै गएको छ । चिनियाँ कम्पनहिरु पनि उत्तिकै आक्रामक रुपमा आइरहेका छन् ।

टेस्लाले चीनमा नै कारखाना राखेर विद्युतीय सवारी साधन उत्पादन गरिरहेको छ । यस्तो बेलामा टेस्लाको पछिल्लो घोषणाको प्रभाव भारतीय बजारमा परेको छ । सबैभन्दा बढी प्रभाव त भारतीय विद्युतीय कार निर्माता कम्पनीहरुमा परेको छ ।

उनीहरुले टेस्लाले कुन नयाँ प्रविधि ल्याउने हो र आफूहरुको बजारमा हस्तक्षेप त हुने होइन भन्ने संशय समेत व्यक्त गरेका छन् ।

जानकारहरुका अनुसार टेस्लाले भारतमा ल्याउन लागेको विद्युतीय सवारी हालसम्मकै प्रभावकारी हुने घोषणा गरिएको छ ।

जानकारहरुका अनुसार एलन मस्कको कम्पनी भनेपछि धेरै मानिसलाई त्यत्तिकै दबाव पर्न जान थालेको छ । त्यो भारतमा मात्रै होइन, सारा संसारभर नै ।

त्यसो त कोरोनाको कहर नभएको भए टेस्लाले यसै वर्ष भारतमा अत्याधुकिन प्रविधिको कार उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोरोनाका कारण लामो समय लकडाउन ,निषेधाज्ञालगायतका कारणले भारतमा उसले प्रभावकारी काम गर्न सकेन । विवरणहरुमा जनाइए अनुसार टेस्लाले नयाँ कारका सम्बन्धमा एक महत्वपूर्ण खोज समेत गरेको छ ।

त्यसमा कस्ता ग्राहकले कस्ता सवारी साधन खोज्नछन् भन्ने कुरालाई समेत समावेश गरिएको छ ।

ग्राहकको रोजाईलाई थप सम्बोधन गर्ने ध्येयका साथ आफूहरुले अध्ययन गरेको र सोही आधार भारतलगायत दक्षिण एशियाली देशमा कुन प्रविधिको कस्तो सवारी साधन निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने विषयको सम्बोधन गर्न खोजिएको छ ।

टेस्लाको स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अध्ययनबाट प्राप्त भएको निष्कर्षलाई केन्द्रमा राखेर नै सन् २०२२ को मध्यसम्ममा नयाँ प्रविधिको विद्युतीय सवारी साधन सार्वजनिक गर्न लागिएको छ । सो कार सकेसम्म सस्तो मूल्यमा उपलब्ध गराउन के गर्न सकिन्छ भन्ने बारेमा पनि विशेष चासो राखिएको छ ।

यस्तै, केहीले भने हाल उत्पादन भइरहेको कारलाई दक्षिण एशियाली बजार सुहाउँदो बनाएर ल्याउने तयारी गरिएको पनि बताइएको छ । भारतीय सञ्चार माध्यमहरुले त एलन मस्कको नयाँ उत्पादनको व्यग्र प्रतिक्षामा आफूहरु रहेको आशयका समाचार सामग्री उत्पादन गरेका छन्् ।

तर भारत सरकार र एलन मस्कका बीचमा एउटा विवाद सतहमा देखा परेको छ । त्यसमा इम्पोर्ट ड्यूटी नै सबैभन्दा बढी समस्यामा देखिएको छ ।

पछिल्लो महिना केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले एक विवरण सार्वजनिक गर्दै भनेका थिए कि टेस्लाको कार भारतीय बजारमा आइपुग्दा ३५ लाख भारुको हाराहारीमा हुनेछ ।

सन् २०२१ मा टेस्लाले कयौं स्थानमा मोडल ३ को परीक्षण गरेको थियो । त्यसका बाबजूत पनि भारतमा सो कार बिक्रीका लागि केही न केही ठोस कदम चाल्ने तयारीमा टेस्ला रहेको छ ।

प्राप्त जानकारी अनुसार भारतको २ मुख्य शहरमा टेस्लाले कार्यालय समेत खोलिसकेको छ । रिर्सच एनालिस्ट साउमेन मण्डलका अनुसार टेस्ला र सरकार दुवैलाई फाइदा हुने गरी काम हुनु जरुरी छ ।

त्यसका लागि सरकारले अनुमति दिँदा नै त्यसको मूल्य कम गर्ने विषयमा स्पष्ट हुनु जरुरी छ । यस्तै टेस्लाले पनि उपभोक्तालाई सहज र सरल तरिकाले आफ्नो उत्पादन उपलब्ध गराउने विषयमा क्रियाशिल हुनु आवश्यक छ ।

टेस्लाले सो बारेमा आवश्यक तयारी गरेको जनाएको छ । कम्पनीले सोही कामका लागि नै मुम्बईमा एक कर्पोरेट कार्यालय खोलेको छ । यस्तै बेंगलुरुमा पनि कार्यालय स्थापना गरेको छ । यस्तै, टेस्लालाई भारतमा विस्तार गर्ने लक्ष्यका साथ एक प्रमुख प्रशासक पनि खोजीरहेको छ ।

भारतमा हाल इपोर्ट ड्यूटी बढी छ । मोडल ३ अमेरिकामा ३९ हजार ९९० डलर बराबर रहेको छ । भारतमा भने त्यसको मूल्य करिब ६० लाख भारु बराबर पर्न जान्छ । नेपालमा आइपुग्दा त्यसको मूल्य झण्डै १ करोड ६० लाखसम्म पर्न जान्छ ।

भारतमा हालसम्म ३० लाख भन्दा बढी मूल्यका कार आयात गर्नुपर्दा बीमा, शिपिङ कस्टसहित १०० प्रतिशत भन्दा बढी कर जोडिन जान्छ । यस्तै ३० लाख भन्दा कम मूल्यका सवारी आयात गर्दा भने ६० प्रतिशत भन्दा बढी इम्पोर्ट ड्यूटी तिनुृपर्छ ।

संसारभर नै छाया चिप्स या सेमीकन्क्टरको कमी हुँदा संकट परेको छ । सोही संकटको मारमा टेस्ला समेत परेको छ । सोही कारण टेस्लाको अर्को महत्वाकांक्षी परियोजना स्पेस एक्स स्टारलिंकको काममा समेत व्यवधान पैदा भएको छ । कोरोनाका कारण आपूर्ति श्रृखलामा देखिएको समस्याका कारण हरेक क्षेत्र प्रभावित भएको छ ।

सोही समस्याको मारमा टेस्ला समेत परेको हो । उनले भनेका छन् आप्रर्ति श्रृंखलाको अवस्था हेर्दा एउटा खराब सपना जस्तै हुन पुगेको छ । यो अझै पनि सकिएको छैन । उनले अझै अगाडि भनेका छन् यो अवस्थाको पूर्णत अन्त्यका लागि हामी सबैको मेहनतको समेत जरुरत छ ।


क्लिकमान्डु