रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा ल्यायो नार्जो सिरिज



काठमाडौं । विश्वका चर्चित स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ ।

रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो ५०आई र नार्जो ५०ए ल्याएको हो ।
युवाहरुले आफ्नो बजेटमा उत्कृष्ट फिचरसहित यी फोन उपलब्ध भएको कम्पनीको भनाइ छ ।

नेपालमा सार्वजनिक गर्ने अवसरमा बोल्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा खुसी लागेको बताए ।

‘हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो,’ उनले भने, ‘हामीले सार्वजनिक गरेका यी फोन सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् ।’

यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।
यी फोन मंसिर १५ देखि दराज र मंसिर १९ बाट सम्पूर्ण आधिकारिक बिक्रेतामा उपलब्ध हुनेछन् ।

रियलमी नार्जो ५० ए

मिडियाटेक हेलिओ जि८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन । यसमा ५० एमपी ट्रिपल एआइ क्यामरा प्रयोग गरिएको छ ।

यसमा भएको प्राइमरी क्यामराले ठूलो क्षेत्रको वस्तुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो लिन तस्बिरहरु लिन्छ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

यो फोन अक्सिजन ब्लु र अक्सिजन ग्रिन भनेर दुई कलरमा उपलब्ध । अक्सिजन ग्रीनको मूल्य २१ हजार १ सय ९९ रुपैयाँ भने अक्सिजन ब्लुको मूल्य १९ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

रियलमी नार्जो ५०आई

यस फोनमा सबैभन्दा स्टेबल पर्फर्मर युनिसोक ९८६३ अक्टा–कोर प्रोसेसर र ५००० एमएएको ब्याट्रि रहेको छ । जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट ग र्छ ।

यसले २५६ जीबीसम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ । यो फोन मिन्ट ग्रिन र कार्बन ब्ल्याकमा उपलब्ध छन् । मिन्ट ग्रिनको मूल्य १२ हजार ९ सय ९९ र कार्बन ब्ल्याकको १५ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु