विद्युतीय सवारीका लागि गुड्दै चार्ज हुने प्रविधिको खोजी, अमेरिकामा गरिदैछ परीक्षण



एजेन्सी । संसारभर विद्युतीय सवारी साधनको प्रयोगमा बढोत्तरी भइरहेको छ । त्यसमा पनि नयाँ-नयाँ प्रविधि विकास भइरहेका छन् ।
यसैक्रममा मोबाइलको जस्तै वायरलेस चार्जिङ सिस्टमको विकास भएको छ ।

अमेरिकको सडकमा चार्जिङका लागि यसको प्रयोग भइरहेको छ । विद्युतीय सवारीसँग जोडिएको झन्झट यस्तो चार्जिङ प्रणाली व्यापकरुपमा आएपछि खत्तम हुने विश्वास लिइएको छ ।

चुम्बकीय कंक्रिट प्रविधिको उपयोग गरेर विद्युतीय सवारी साधनको चार्ज गर्न सकिन्छ ।

विद्युतीय सवारी साधनको प्रयोगमा भइरहेको बढोत्तरीका कारण पनि नयाँ प्रविधिको खोजी भइरहेको हो । विवरणहरु अनुसार संसारभर विद्युतीय सवारी साधनको चर्चामा बढोत्तरी भएपनि कार बिक्रीको मात्रामा भने ४ प्रतिशतले गिरावट आएको छ ।

यसको पछाडि पनि खास कारण रहेको छ । लामो यात्राका क्रममा राम्ररी चार्ज गर्न पाउने सुविधा नहुनाले पनि मानिसले झट्टै विद्युतीय सवारी साधनको प्रयोगमा विश्वास गरिरहेका छैनन् । विद्युतीय सवारीको रेञ्ज, चार्ज गर्दा लाग्ने समय र चार्जिङ स्टेसनको उपलब्धतामा सहजता नहुनुपनि हो ।

सवारी साधनको चार्जिङमा लाग्ने समय पनि एउटा ठूलो समस्या हो । यो समस्या समाधानका लागि सडक नै त्यस्तो खालको बनाउने तयारी थालिएको छ ।

सो प्रक्रियामा काम भइरहेको छ । जुन कार चलिरहेको बेला नै चार्ज हुने गरी काम भइरहेको छ । त्यसका लागि इंडक्टिभ चार्जिङ नाम प्रविधिको विकास गरिएको छ ।

आगामी जुलाइमा अमेरिकको इण्डियानाको परिवहन विभाग र परड्यू युनिभर्सिटीले संसारकै पहिलो वायरलेस चार्जिङ कंक्रिट राजमार्ग बनाउने योजना बनाएको छ । सवारी साधनको चार्जिङ सम्बन्धी यो परियोजनामा एस्पायर नामक एक इन्जिनियरिङ रिसर्च सेन्टरले काम गरिरहेको छ ।

सो कार्यका लागि नेशनल साइन्स फाउण्डेशनबाट आर्थिक सहयोग प्राप्त भएको छ । एस्पायरका एक निर्देशक नाडियाका अनुसार विद्युतीय सवारी साधन सडकमा चल्दा चल्दै चार्ज गर्ने उद्देश्यका साथ काम भइरहेको छ । त्यसका लागि चुम्बकीय कंक्रिट प्रविधिको प्रयोग गरिन्छ ।

त्यसमा आइरल अक्साइड, जिंक जस्ता धातुको तत्व मिलाइन्छ । सो कङ्क्रिट जर्मनी कम्पनी म्यागमेन्टले विकास गरेको हो । हालसम्म उक्त प्रविधिमाथि कयौं चरणको परीक्षण गरिएको छ । यो यस्तो प्रविधि हो जसमा मोबाइल फोनको वायरलेस प्रविधिका आधारमा चार्ज गर्न मिल्छ ।

कंक्रिट मिक्चरमा बिजुलीको करेन्ट प्रवाह गराएर चुम्बकीय बनाइन्छ । यसमा एक चुम्बकीय क्षेत्र बन्न जान्छ । जुन वायरलेसको तरिकाले सवारी साधनलाई पावर दिएर चार्ज गर्छ ।

पेटेन्ट गरिएको सामग्रीबाट बन्ने १२ फिट लम्बाई र ४ फिट चौडाइको प्लेट वा बक्स सडकको केही इञ्च तल राखिन्छ ।

उक्त बक्स पावर ग्रिडमा जोडेर करेन्ट प्रवाह गरिन्छ । यो जब प्रवाहित हुुन थाल्छ । जुन सडकमा दौडने विद्युतीय सवारी साधनलाई शक्ति प्रदान गर्छ । कारमा राखिएको सानो बक्सबाट पावर प्राप्त हुन जान्छ । यो हालसम्मकै नयाँ प्रविधि भएको जानकारहरुले बताएका छन् ।


क्लिकमान्डु