११ महिनामा भित्रिए सवा १ लाख पर्यटक, नोभेम्बरमा २६ हजारभन्दा बढी



काठमाडौं । सन् २०२१ को ११ महिनामा १ लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । कोरोना महामारीका कारण ठप्प भएको हवाई उडानका कारण विदेशी पर्यटकको आगमन ठप्प जस्तै भएको थियो ।

तर सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने निर्णय गरेसँगै आगमन बढेको हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभम्बर महिनामा २६ हजार ४८७ जना विदेशी पर्यटन नेपाल आएका छन् । जुन यो वर्षको कुनै पनि महिनाको तुलनामा बढी हो ।

अक्टोबरमा २६ हजार १३५जना विदेशी पर्यटक नेपाल आएका थिए भने सेप्टेम्बरमा यो संख्या ९ हजार ८९८ जना थियो । साथै अगष्टमा ५ हजार ९१७ जना, जुलाई महिनामा २ हजार ९९१ जना, जुन महिनामा १ हजार १४३ जना र मे महिनामा १ हजार ४६८ जना विदेशी पर्यटन नेपाल आएका थिए ।

साथै, अप्रिल महिनामा २२ हजार ४५० जना, मार्च महिनामा १४ हजार ९७७ जना, फेब्रुअरी महिनामा ९ हजार १४६ जना र जनवरीमा ८ हजार ८७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।


क्लिकमान्डु