आरएमडीसी लघुवित्तले घोषणा गर्यो लाभांश



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

संस्थाको बुधबार विहान बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु