एनसीसी बैंकले ८.४२% लाभांश दिने



काठमाडौं । एनसीसी बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत बोनस सेयर तथा ०.४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । सेयरधनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि पाउनेछन् ।


क्लिकमान्डु