नेप्से परिसूचक १.६४ अंकले घट्यो, २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासको सीमक्षापछि लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । यद्यपि दिनभरको कारोबारमा करिब २६ सय अंकमा झरेको परिसूचक कारोबार बन्द हुँदासम्म १.६४ अंकले घटेर २६२८.३७ अंकमा बन्द भएको छ ।

यो दिनको कारोबारमा ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा १०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनी अगाडि छन् ।

उपसमूहतर्फ विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा कम्पनी र म्यूचुअल फण्डबाहेकमा गिरावट देखिएको छ ।


क्लिकमान्डु