अध्ययन गरेर मात्रै विकासका आयोजना ल्याउनुपर्छः मन्त्री झाँक्री



काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले व्यवस्थित सहर निर्माणका लागि अध्ययन गरेर मात्रै विकासका आयोजना ल्याउनुपर्ने बताएकी छिन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको वातावरण अनुकुल कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले जुन सुकै विकासका आयोजना ल्याउनुभन्दा अगाडि अध्ययन गर्नुपर्ने बताएकी हुन् ।

नेपालमा अधिकांश आयोजनाको अध्ययन बिनै कार्य सुरु गर्ने हुँदा प्रतिफल भने शून्य रहेको जनाउँदै अबका दिनमा एजेन्डा बनाएर के–कस्तो प्रभाव र कति खर्च लाग्छ भन्ने विषयमा स्पष्ट भएर विकासलाई पूर्णता दिनुपर्नेमा जोड दिइन् ।

‘सरकारले हरेक गाउँ तथा सहरलाई विकास गर्नका लागि हरेक नयाँ–नयाँ कार्यक्रम ल्याउने गर्दछ । तर, कार्य कति भयो भन्दा उपलब्धि भने शून्य रहेको छ,’ उनले भनिन् ।

उनका अनुसार कागजमा मात्रै नभएर व्यवहारमा पनि नयाँ आयोजनालाई प्रथामिकता आधारमा काम गनुपर्छ । त्यस्तै, अहिले सरकारले काठमाडौं सहरलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएको छ । तर, कसरी गर्ने र कहिलेसम्म बनाउन सकिछ भन्ने कुनै टुङ्गो छैन ।

त्यसैले, भाषणमा मात्रै नभएर काठमाडौंलाई ३० वर्षमा नयाँ काठमाडौं बनाउन सकिन्छ वा सकिन्न भन्ने विषयमा अध्ययन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । ‘यदि काठमाडौंलाई नयाँ सहरको रुपमा स्थापित गर्न सकिन्छ भने त्यहीअनुसार काम गरौं र विकास गर्न सक्दैनौं भने समय र खर्च नगरौं,’ उनले भनिन् ।

मन्त्री झाँक्रीले सरकारको योगदानले मात्रै विकास गर्न नसक्ने बताइन् । विकासका लागि आम उपभोक्ताको ठूलो भूमिका रहेकाले उपभोक्ताले सहयोग गरेमा सहजै लक्ष्य हासिल हुने जिकिर गरिन् ।


क्लिकमान्डु