राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड ७८ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार विभिन्न कोषहरुमा रहेको रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । त्यसको लागि राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड ६४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १६ करोड ६१ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ५ करोड ५३ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

३६६ दिनको लागि मुद्दती निक्षेपमा उक्त रकम राख्न लागेकोले उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्ताव गर्न भनेको छ ।


क्लिकमान्डु