प्रि-ओपनिङमा साढे ३ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ०.३० अंकले बढेर २६३०.३२ बिन्दुमा रोकिएको छ ।

यो दिन सूचकमा सामान्य सुधारहुँदा कारोबार रकम भने निकै सुस्त रहेको छ । मंगलबारको प्रि-ओपनिङमा १८ कम्पनीको ५९१ कित्ता सेयर ३ लाख ६० हजार ३९ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूह, फाइनान्स कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा विकास बैंक विकास बैंक, जलविद्युत कम्पनी, माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु