२० कम्पनीले गरे साधारणसभाको मिति तय, लाभांश कति ?



काठमाडौं । सेयरधनीलाई लाभांश घोषणा गरेका २१ वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् ।

साधारणसभा सहित बुक क्लोज गर्ने कम्पनीहरुमा बैंक, माइक्रोफाइनान्स कम्पनी, होटल, बीमा कम्पनी लगायत रहेका छन् ।

यी कम्पनीहरुले मंसिर १६ देखी पुस १० गतेसम्मको लागि साधारणसभाको मिति तय गरेका छन् ।

७ वटा वाणिज्य बैंकको कहिले साधारणसभा ?


नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक र नेपाल बैंकले साधारणसभा बोलाएका छन् । साथै बुक क्लोजको मिति समेत तय गरिरकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर १७ गतेको लागि साधारणसभा बोलाएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको प्रकृयामा जाने भएका छन् । यसको लागि बैंकले गत वैशाख ३१ गते नै बुक क्लोज गरिसकेको छ । बैंकले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट १२.६११ प्रतिशत बोनस र करसहित ३.३८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।

ग्लोबल आईएमई बैंकले मंसिर २७ गतेको लागि साधारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि मंसिर १३ गते बुक क्लोज (आज) बुक क्लोज गरेको छ । हिजोसम्म कायम रहेको लगानीकर्ताले लाभांश पाउने भएका छन् । बैंकले साधारणसभा आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव साधारणसभाले लगिने छ । सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


स्टयान्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते साधारणसभा बोलाएको छ । साधारणसभाको लागि भन्दै बैंकले मंसिर १० गतेको लागि बु्क क्लोज गर्ने भएको छ । बैंकले साधारणसभामा आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यस्तै मेगा बैंकले मंसिर २८ गतेको लागि साधारणसभा बोलाएको छ । साधारणसभाको लागि मंसिर १४ गतेको लागि बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका लगानीकर्ताले बैंकले तोकेको लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १० प्रतिशत बोनस र २.०७ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बैंकको सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

बैंक अफ काठमाण्डूले मंसिर २९ गतेको लागि साधारणसभा बोलाको छ । त्यसको लागि मंसिर १० देखि २९ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी गराएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त प्रस्ताव बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । एभरेष्ट बैंकले पुस १ गतेको लागि साधारणसभा बोलाएको छ । बैंकले त्यसको लागि मंसिर १७ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ ।

अघिल्लो कारोबार दिनसम्म कायम रहेका लगानीकर्ताले बैंकले तोकेको लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बैंकको आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । यस्तै नेपाल बैंकले पुस २ गतेको लागि साधारणसभा बोलाएको छ ।

त्यसको लागि मंसिर २१ गतेको लागि बुक क्लोज गर्ने भएको छ । त्यसको अघिल्लो कारोबार दिनसम्म कायम रहेका लगानीकर्ताले तोकेको लाभांश पाउनेछन् ।
बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १४ प्रतिशत र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

६ वटा माइक्रोफाइनान्सको साधारणसभा कहिले ?

लाभांश घोषणा गरेर साधारणसभा घोषणा गर्ने कम्पनीमा ६ वटा माइक्रोफाइनान्स पनि रहेका छन् ।

जसमा फस्र्ट माइक्रोफाइनान्सले मंसिर १६ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर ५ गते नै बुक क्लोज गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यस्तै महिला लघुवित्तले मंसिर २२ गतेको लागि साधारणसभा बोलाएको छ । सभाको लागि भन्दै मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ । १५ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउनेछन् । संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले परित गरेपछि लगानीकर्ताले पाउने छन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर २४ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर ९ देखि २४ गतेसम्मको लागि बुक क्लोज गरेको छ । संस्थाले २०७७/०७८ मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीनीकर्ताले पाउने छन् ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर २८ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर १४ गते एक दिनको लागि बुक क्लोज गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सबैको लघुवित्त वित्तीय संस्थाले पुस ३ गते साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर १७ देखी पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसको अघिल्लो कारोबार दिनसम्म कायम रहेका लगानीकर्ताले तोकेको लाभांश पाउने छन् । संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्थाले पुस १० गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर १६ देखि पुस १० सम्म बुक क्लोज गर्ने भएको छ । मंसिर १५ गतेसम्म कायम रहेका लगानीकर्ताले तोकेको लाभांश पाउनेछन् । संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.४८ प्रतिशत बोनस र १.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यता प्राइम लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर १० गते नै बुक क्लोज गर्ने प्रस्ताव गरिसकेको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

मुक्तिनाथ विकास बैैंकले मंसिर २५ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि बैंकले मंसिर १५ देखि २५ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १७.५७ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंैकले मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १०.९३ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सोल्टी होटलले मंसिर २८ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर ६ देखि २८ गतेसम्म को लागि बुक क्लोज गर्ने भएको छ । होटलले लगानीकर्ताको हात खाली राख्ने भएको छ । कुनै पनि लाभांश नदिने भएको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंकले मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर ९ गतेको लागि बुक क्लोज गरिसकेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।

आइसिएफसि फाइनान्सले पुस ५ गतेको लागि साधारणसभा बोलाएको छ । त्यसको लागि मंसिर २३ देखि पुस ५ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ । फाइनान्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सबै कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर सम्बन्धीत कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु