राष्ट्र बैंकलाई क्षमता बढाउन अर्थमन्त्रीको सुझाव, भने- तरलताको समस्या छिट्टै अन्त्य हुन्छ



काठमाडौ । बैंकिङ प्रणालीमा तरलता अभाव भएको समयमा अर्थमन्त्री जनार्दन शर्माले लामो समय तलरताको अभावको समस्या नहुने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैकले आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्था बारे समीक्षात्मक कार्यक्रम बोल्दै सरकारी खर्च बढाउनेतर्फ आफू केन्द्रित भएको बताए ।

उनले ब्याजदर निश्चित दायरामा राख्नका लागि अनुगमन आवश्यक रहेको तर्क समेत गरे । उनले कर्जा प्रवाह कुन क्षेत्रमा भएको हो भन्नेमा पनि ध्यान दिनु आवश्यक रहेको बताए ।

उनले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने समेत बताएका छन् ।

काम गर्दा जहिले पनि देश र जनताको हित हुने गरी काम गर्न समेत कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय ढुकुटीको मुख्य संरक्षक राष्ट्र बैक भएको भन्दै आफ्नो क्षमता बढाउन आग्रह समेत गरे । मन्त्री शर्माले नियमन गर्ने संस्था प्रभावकारी हुन आवश्यक रहेको बताए ।

कर्मचारी देखेर सम्बन्धित निकाय डराउने वतावरण हटाउन आग्रह गरे । राष्ट्र बैकका कर्मचारी देखेर बैक डराउने वातावरण हटाउन आग्रह गरे । उनले राष्ट्र बैंकलाई आफूले आफैलाई अनुगमन गर्न समेत आग्रह गरे ।

उनले अहिले राजस्व बढाउनका लागि सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताए ।

वित्त व्यवस्थापनको पक्ष, वित्तीय समावेशीमा ध्यान गएको स्मरण गराए ।

पुँजीगत खर्च नभएको, अवैधानिकरुपमा पैसा आएको भन्ने विषयमा राज्यले ध्यान दिनुपर्ने बताए ।

उनले बैंकले बचत व्यापार नगरी भन्दै पुँजी लिएर निर्माणको काममा लाग्न समेत सुझाव दिए ।

‘जनताको ढुकुटीको रक्षामा सबैको ध्यान केन्द्रित हुनु आवश्यक छ,’ उनले भने, ‘वित्तीय साक्षरतामा ध्यान दिँदै पूर्णरुपमा डिजिटल कारोबारतर्फ केन्द्रित गर्नुपर्छ ।

’मन्त्री शर्माले अनौपचारिक रुपमा रहेको पैसा औपचारिक क्षेत्रमा ल्याउनुपर्ने बताए ।

उनले बिप्रेषणलाई औपचारिक क्षेत्रबाट ल्याउन मन्त्रालयले काम गरिरहेको बताउँदै अहिलेको विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहे पनि डराउन नपर्ने र घट्न नदिने गरी काम गर्न आग्रह समेत गरेका छन् ।

उनले एनआरएनएले खाता खोलेर पैसा राख्ने व्यवस्था मिलाउने दाबी गरे ।

बन्द भएको उद्योग चलाउँदै पर्यटनको क्षेत्रमा काम गरेर ७ प्रतिशत आर्थिक वृद्धि गर्ने पनि उनले बताए । सहकारी र लघुवित्तको ब्याजदर घटाउने र जनतालाई कम ब्याजमा कर्जा दिने वातावरण बनाउन पनि आग्रह गरे ।


क्लिकमान्डु