स्वार्थ समूहको दबाबमा राष्ट्र बैंकले नीति परिवर्तन गर्दैनः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले समाजमा स्वार्थ समूहको दबाबमा निर्णय नलिने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैकले आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै मौद्रिक नीति सुझबुझ तरिकाले ल्याएको दाबी गर्दै उनले कसैको दबाबमा नीति संशोधन नुहने स्पष्ट पारेका छन् ।

उनले कर्मचारीका लागि नयाँ ओएनएम सर्भेको तयारी समेत भएको जानकारी दिए ।

अधिकारीले विद्युतीय अपराधलाई रोक्न सूचना प्रविधि क्षेत्र बलियो बनाउनु अहिलेको आवश्यकता रहेको उनको तर्क छ ।

उनले नेपालमा अनौपचारिक अर्थतन्त्र मौलाएको भन्दै यसमा अध्ययन समेत बताए ।

‘अहिले रिकभरी राम्रो भएको छ, यसको असर पनि परेको छ,’ उनले भने ।

अहिले बैकमा तरलता अभाव रहेको बताउँदै अधिकारीले प्रणालीमा ६८ अर्ब निक्षेप र ३०० अर्बबढी कर्जा प्रवाह भएको बताए । यसको समाधान राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ)ले मात्रै नपुग्ने उनको भनाइ छ ।

उनले माघबाट अर्थतन्त्र रिफर्म आउने समेत बताए ।


क्लिकमान्डु