ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमान अवतरण गर्ने पाइलटलाई सामान्य सोधपुछ हुन्छः अध्यक्ष अधिकारी



काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमान काठमाडौंबाट रुकुमको सल्ले पुग्नुपर्नेमा नेपालगञ्ज विमानस्थलमा अतवरण भएपछि यतिबेला पाइटलको व्यवहारका विषयमा प्रश्न उठेको छ ।

काठमाडौंदेखि रुकुमको सल्लेका लागि यात्रा तय गरेका यात्रुहरु पाइलटले ड्युटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएपछि पाइलटको आलोचना भएको छ ।

पाइलट पेम्बा शेर्पाको ड्यिुटी सोमबार दिउँसो ४ बजेसम्मका लागि थियो । काठमाडौंबाट रुकुमका लागि विमान उडान गरेका शेर्पाले नेपालगञ्ज माथि पुग्दा ४ बजिसकेको थियो । उनले आफ्नो ड्युटी सकिएको भन्दै यात्रुलाई नेपालगञ्ज विमानस्थलमै अवतरण गराaएका थिए ।

यस विषयमा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त घटना भएको स्वीकार गर्दै पाइलटलाई सामान्य सोधपुछ मात्रै हुने बताए ।

‘घटना भएको हो, ठूलो घटना होइन, पाइलटलाई सामान्य सोधपुछ हुन्छ,’ उनले भने ।

पाइलटले ड्युटी आवर सकिएकाले सामान्य घटना घटेको उनको भनाइ छ ।


क्लिकमान्डु