सुनको मूल्य १६ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा मंगलबार १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा मंगलबार १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु