१ अर्ब प्रयोगकर्ता पुर्याउन कुन सामाजिक सञ्जाललाई कति समय लाग्यो ?



एजेन्सी । समाजिक सञ्जालले मानिसलाई एक आपसमा जोडेको छ कि भौतिक दुनियाँबाट तोडेको छ ? भन्ने बारेमा चासो र जिज्ञासा आम मानिसका उत्तिकै छ ।

पछिल्ला दिनमा त सामाजिक सञ्जालबिनाको संसार समेत कल्पना गर्न छाडिएको छ । व्यापार व्यवसायदेखि मानिसको दैनिक जीवनसमेत यसैमा जोडिन आइपुगेको छ ।

खासमा सामाजिक सञ्जालले आफना प्रयोगकर्ता के कति समयमा कसरी बनाए भन्ने बारेमा समेत आम मानिसमा जिज्ञासा रहन सक्छ । उनीहरुले कति समयमा १ अर्ब बराबरको प्रयोगकर्ता बनाए भन्ने बारेमा चासो सम्बोधन गर्ने प्रयास गरिएको छ ।

सामाजिक सञ्जालमा फेसबुक, टिकटक, ट्वीटर, म्यासेन्जर बढी चर्चित छन् । उनीहरुको वार्षिक कमाई पनि मोटो छ ।

जानकारीअनुसार फेसबुकले १ अर्ब बराबरको प्रयोगकर्ता बनाउन झण्डै ८.७ वर्ष लगाएको थियो । यस्तै, ह्वाट्सएपले ८.५ वर्ष लगाएको थियो । त्यस्तै यूट्यूबका लागि ८.१ वर्ष लागेको थियो ।

विवरण अनुसार इन्टाग्रामलाई ७.७ वर्ष, वीच्याटलाई ७.१ वर्ष, टिकटकलाई ५.१ वर्ष, म्यासेन्जरलाई ४.९ वर्ष लागेको देखिन्छ । पछिल्ला दिनमा त टीकटकको प्रयोगकर्ता असाध्यै ठूलो मात्रामा वृद्धि भएको छ । फेसुबुकलाई धेरै पर छाडेर संसारभरका मानिस नै यसमा जोडिन आइपुगेका छन् । मासिकरुपमा सक्रिय प्रयोगकर्ताको विवरणका आधारमा यस्तो तथ्यांक निकालिन्छ ।


क्लिकमान्डु