ई–पासपोर्ट लागू , पहिलो पासपोर्ट सत्यमोहन जोशीलाई



काठमाडौं । सरकारले आजबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सञ्चालनमा ल्याएको छ । राहदानी विभागले त्रिपुरेश्वरमा रहेको नयाँ विभागको भवनबाट ई–पासपोर्ट जारी गरेको हो ।

विभागले शताब्दि पुरुष सत्यमोहन जोशी पहिलो ई पासपोर्ट दिएर यसको सुरुवात गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले त्रिपुरेश्वरस्थित कार्यालयमा जोशीलाई उक्त पासपोर्ट प्रदान गरेका थिए ।

विभागले पहिलो पटक ई–पासपोर्ट जारी गर्ने भएकाले आजबाट आंशिक रुपमा मात्रै छपाई गरी वितरण गर्ने तयारी गरेको छ ।
विभागले मंसिर दोस्रो सातादेखि मात्रै पूर्ण रुपमा रुपान्तरण गर्ने तयारी गरेको छ । पहिलो चरणमा सिमित ई–पासपोर्ट छपाई गरेपनि अत्यावश्क रुपमा बनाउने सेवाग्राहीलाई एमआरपी प्रदान गरिने छ ।

ईपासपोर्ट लिएँगै जोशीको पुरानो पासपोर्टलाई सरकारले संग्राहलयमा राख्ने भएको छ । उक्त पासपोर्ट सग्राहलयमा राख्नको लागि राहदानी विभागलाई हस्तान्तरण गरे ।


क्लिकमान्डु