बेको ब्राण्ड नेपाली बजारमा



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ ।

सिजी ईलेक्ट्रोनिक्सले बेको कम्पनीसँग सहकार्य गरी नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त भएको छ र नेपाली बजारमा बेको ब्राण्डका उत्पादनहरु बिक्री बितरण गरिरहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्राण्डका नयाँ उत्पादनहरुको माध्यमबाट प्रतिष्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

सिजी ईलेक्ट्रोनिक्सका अनुसार, नेपाली बजारमा बेको ब्रान्ड्का वशिङ मेसिनहरु बितरण भइसकेको छ र त्यसको राम्रो बिक्री भईरहेको र सकारात्मक प्रतिक्रिया आइरहेको जनाएको छ । र, कम्पनीले बेको ब्रान्ड्को अर्को उत्पादन डिसवासर पनि बजारमा पठाउन तयारी अवस्थामा रहेको कम्पनी भनाइ छ । साथसाथै कम्पनीले बेको ब्रान्ड्का अरु थुप्रै उत्पादनहरु पनि छिटै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।


क्लिकमान्डु